काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान गर्नु भएको छ । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन भण्डारी पोल्याण्ड शनिबार दिउँसो प्रस्थान गरेकी हुन् । उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् ।
सोहि सम्मेलनमा भाग लिन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि भ्रमण टोलीमा छन् । भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट हुने कायएक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पोल्याण्ड प्रस्थान गर्नु अघि राष्ट्रपति भण्डारीले सञ्चारकर्मीसंग कुरा गर्दै आफ्नो देशले नगरेको कसूरको सजाय भोग्नु नपरोस् भनि बताउनु भयो ।
राष्ट्रपति भण्डारीले हाम्रो देश नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेकाप्रति चिन्ता व्यक्त गर्दै पोल्याण्ड प्रस्तान गर्नुअघि राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।’ राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको दुष्प्रभावको क्षेतिपूतिका लागि गम्भिर रुपमा विषय उठान गर्ने कुरा व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्