अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन

काठमाडौं, मंसिर १५ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी अमेरिकाका ४१ औँ राष्ट्रपति थिए । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । उनी आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी परेका थिए ।
त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए। तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ ।
उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।
अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुन् । यसअघि जोन आडम्स र उनका छोरा अमेरिकाको राष्ट्रपति बनेका थिए।
पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भन्नु भएको छ, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ । जर्ज हर्बर्ट वाकर बुशलाई गुमाउँदा हाम्रो मन आज निकै भारी भएको छ ।’
प्रतिक्रिया दिनुहोस्