राष्ट्रपति भण्डारी आज पाँचदिने भ्रमणका लागि पोल्याण्ड जाँदै, भेटघाट कार्यक्रम यस्तो छ

काठमाडौं , मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप जाँदै छिन् ।
पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उनी आज त्यसतर्फ जान लागेकी हुन् ।
राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ । पोल्याण्डमा रहँदा उनले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्