चौतर्फी विरोधपछि जोर विजोर प्रणाली हट्यो
काठमाडौं, १४ मंसिर । चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली हटाएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
चौतर्फि विरोध र विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट(२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली हटेको छ ।
धर्मको प्रचार गर्न लागिएको भन्दै एसिया प्यासिफिक समिट सुरुदेखि नै विवादित बन्दै आएको छ । क्रिस्चियनको प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्न लागेको सम्मेलन सुरु नहुँदैबाट विवादित बन्न पुगेको थियो । यस किसिमको विवादको बिच थेक्न नसकेपछि सरकारले १३ देखि १६ सम्म लागू गर्ने भनिएको जोर विजोर प्रणाली हटाएको हो ।
तर, पहिलो दिन नै यसको चर्को विरोध भयो । जोरविजोर प्रणाली अवज्ञा गर्न आहृवान समेत भएको थियो । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्