बालक कुंबरको अपहरणपछि हत्या गरेको चालक महेन्द्र एसकेको स्वीकार

काठमाडौं, १३ मंसिर । ८ वर्षीय बालक प्रयास कुंबरको अपहरणपछि हत्यामा उनकै बाबुको सवारी चालक महेन्द्र एसकेको संलग्नता भएको खुलासा भएको छ ।
गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका कुँवरका सवारी चालक महेन्द्र ऐसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटे पछि स्याङ्जा घर भएका ऐसकेले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।
‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’ पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले एककेलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।
प्रहरीका अनुसार एक महिना अघिदेखि मात्र सार्की त्यो गेस्ट हाउसका सञ्चालकको ड्राइभरका रुपमा काम गर्न थालेका थिए ।
राम्रो काम नगरेको भन्दै होटल सञ्चालकले वेलावेला उनलाई गाली गरेको कुरा बयानमा खुलाएको छ । उनले दिएको बयान अनुसार मंगलबार साँझ होटल सञ्चालक नियमित स्वास्थ्य जाँचका लागि निस्किने वित्तिकै उनले बालकलाई अपहरण गरेका थिए । ‘रेगुलर हेल्थ चेकअपका लागि जाने वित्तिकै चकलेट दिएर फकाएर लगेँ’, उनले दिएको बयानमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्