राजधानीको न्यूरोडमा बाटोमा हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते

काठमाडौं , मंसिर १३ । काठमाडौंको सुन्धारामा एउटा कारले ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।
सुन्धारामा रहेको नेपाल वायुसेवा निगमको कार्यालयबाट बाहिर निस्कने क्रममा कारले फुटपाथमा हिँडिरहेका मानिसलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।
कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, जुली बुढाथोकी, गंगामाया राई, रुद्रमान पति, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सिर्जना पहरी, उर्मिला अधिकारी र फिलिपिन्सका नागरिक केसिया रहेका छन् । घाइते सबैको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भैरहेको छ ।

घटनालगत्तै कार चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चालक पौडेलले कारमा ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्