काठमाडौं, मंसिर १३ । नेपाल र कम्बोडियाबीच आज हवाई सम्झौतामा हस्ताक्षर हुदै छ । नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुन लागेको छ ।
नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा साँझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्।
दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको हो।
सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोहीअनुसार आज हस्ताक्षर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ ।
सम्झौतामा कोड सेयरिङको सुविधा दुबै देशका एयरलाइन्सले पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्