काठमाडौं, मंसिर १३ । भारतको उडिसामा सुरु भएको हकी विश्वकपमा आयोजक राष्ट्र भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिका माथि भारतले ५–० गोल अन्तरले विजयी भएको हो ।
विश्व र्याङकिङमा पाँचौ स्थानमा रहेको भारतले १५औं स्थानको दक्षिण अफ्रिकामाथि सुरुदेखीनै दबाबमा राखेको थियो ।
भारतका लागि १०औं मिनेटमा मनदीप सिंहले गोल गरेका थिए । पेनाल्टी कर्नरमा रिफ्लेक्ट भएको बललाई सानदार तरिकाले गोलमा परिणत गरेका थिए ।
यसैगरी १२ औं मिनेटमा आकाशदीपले दोस्रो गोल गरे । सिमरनजीतले ४३औं तथा ४६औं मिनेटमा लगातार २ गोल गर्दा ४५ औं मिनेटमा ललित उपाध्यायले गोल गरेका थिए । भारतले हकी विश्वकपमा ४३ वर्ष अघि उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्