नेकपा सचिवालय बैठक : प्रदेश कमिटीका सदस्यको नाम टुंगो लाग्यो Jagaran News Published On : 29 November, 2018 1:27 am काठमाडौं, मंसिर १३ । नेकपाको सचिवालय बैठकले सात वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटीका सदस्यहरु नाम टुंगो लगाएको छ । बैठकले केन्द्रीय समितीको सदस्यहरुको कार्य विभाजन र जनवर्गीय संगठनको एकीकरण सम्बन्धमा भने निर्णय लिन सकेन। यस्तै बैठकले जिल्ला समितिहरुको मुख्य व्यक्तिको चयन पनि गर्न सकेन। बैठक आज फेरि बस्ने र बाँकी रहेका सबै काम टुंग्याउइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्