ट्यांकरमा लकिङ सिस्टम जडानपछि डिजेल चुहावट झन् बढी हुन थाल्यो Jagaran News Published On : 29 November, 2018 1:24 am काठमाडौं, मंसिर १३ । नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ । उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी)को सीमा नाघेको हो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै लस टार्गेट नाघेर करिब सबा करोड रुपैयाँको डिजेल र पेट्रोल चुहावट भएको तथ्य फेला परेको छ । गत वर्ष सोही अवधिमा लस टार्गेट ०.१९ प्रतिशत रहेकोमा यस वर्षको कात्तिकसम्म उक्त टार्गेट बढेर ०।३६ प्रतिशत पुगेको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्