काठमाडौँ, १२ मङ्सिर । सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले उक्त निर्देशन दिएका हुन् ।
समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद ऐनअनुसार भएको छ कि छैन? भनी प्रश्न गरेका थिए । जवाफमा कार्यालयका सचिव रेग्मीले अहिले नै औपचारिक रुपमा जानकारी दिन नमिल्ने बताए । यता निर्देशक शर्माले भने यसबारे अध्ययन गर्नका लागि समय माग गरे । उनले भने, ‘समय चाहियो । हामी अध्ययन गरी प्रतिवेदन पेश गर्नेछौं ।’
कार्यालयले समय माग गरेपछि समितिले सात दिनको म्याद दिएको छ ।
प्रतिक्रिया दिनुहोस्