इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार,नकाबधारीद्वारा ट्रान्सफरमा लुटपाट

काठमाडौँ, १२ मङ्सिर । सुनसरीको इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि उनको कार्यालयमा नै छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
छुरा प्रहार गर्नेहरुको पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । नकाबधारी दुई व्यक्तिले मनी ट्रान्सफरका सन्चालक प्रवेश दाहाललाई छुरा प्रहार गरी लुटेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्