सामाजिक सुरक्षा कोषको सुभारम्भ हुने/नहुने सबैको भविष्य सुरक्षित गर्ने योजना: प्रधानमन्त्री ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सुरक्षा कोषको सुभारम्भले खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै श्रमिक लगायत सबै नेपाली समाज नै एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् ।
सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले लोककल्याणकारी योजना अन्तर्गत सबै नागरिकलाई सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावकिय भूमिका निर्वाह गर्ने सपना सामानिक सुरक्षा कोषले पूरा गर्ने बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने योजना रहको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो चोटि अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौँ । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एक चोटि शुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।”
वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको आरोप आएक प्रति इंकित गर्दै उहाँले सामाजिक सुरक्षा कोषको सुभारम्भले सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनको अत्य भएको छ ।” श्रमको सम्मान गर्न र बैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाज अनुरुप सिङ्गो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो ।” वर्तमान सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “सरकार हरायो, कहाँ छ, के गर्दैछ भन्नेलाई आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ ।”
प्रधानमन्त्री ओलीले समाज निराशामा रहेको अवस्थामा हौसला र सपना देखाउनुपर्नेमा जोड दिँदै शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशलाई मूर्तता दिने काम गर्नुपर्ने बताउनुभयो ।
“त्यतिबेला हामीले एउटा प्रणाली थालेका थियौँ । त्यसको शुरुआत पाकाबाट ग¥यौँ, ती हाम्रा अभिभावकमा लामो आयु बाँच्ने आशा जगायौँ”, उहाँले भन्नुभयो, ‘६० नाघेका मानिस हाम्रो के भर’ भन्ने निराशाको ठाउँमा ‘कम्तीमा पनि ७० ननाघी, राज्यले दिने भत्ता नलिई मर्दिन’ भन्ने मान्यता स्थापित गरायौँ । छाडा पूँजीवादी व्यवस्थामा सन्तानले फ्याँक्छ तर न्यायिक राज्यमा मेरो सरकार छ, मेरो राज्य छ त्यसैले मलाई पाल्छ भन्ने सन्देश प्रवाह ग¥यौैँ ।”
गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो एक हजार दिन’को अवधारणा आफूहरुले नै ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैका लागि शिक्षाजस्ता कार्यक्रम यसपछिका शृङ्खला हुन् भन्नुभयो ।
सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, न त यो बचत हो । यो एउटा ऐक्यबद्धतामा आधारित प्रणाली हो । ‘ढुकुटीबाट झिक्दै–बाँड्दै हैन, ढुकुटीमा भर्दै–भरथेग गर्दै’ अघि बढ्ने विधि हो ।”
सामाजिक सुरक्षाका योजनाले ज्यालाजीवी, जङ्गी÷निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्ने जानकारी दिँदै उहाँले यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्छ भन्नुभयो । उहाँले स्पष्ट पार्नुभयो, “अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजदेखि शुरु हुने सामाजिक सुरक्षाका योजना मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाप्रति केन्द्रित छ ।”
सामाजिक सुरक्षा कोषले तय गरेको ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ नारामा यसको विधि, प्रक्रिया र दायरा स्पष्ट प्रतिविम्बन भएको बताउँदै उहाँले श्रमजीवी जनताका लागि शुरु गर्न लागिएको चार सुरक्षाका योजनाले श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “श्रमजीवी वर्गको उच्च ज्यालाको आकाङ्क्षा र उद्यमी व्यवसायीको उच्च उत्पादकत्वको अपेक्षा दुवैको यी योजनाबाट सम्बोधन हुन्छ । ‘सुरक्षा हुनुप¥यो’ भन्ने श्रमिक र ‘श्रम शर्त खुकुलो हुनुप¥यो’ भन्ने रोजगारदाताको सुमधुर भेट यहाँ हुन्छ ।”
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सरक्षा कोाषको शुभारम्भले नयाँ युगको सुरुवाता भएको बताउँदै यस कार्यक्रमले रोजगार दाता र श्रमिक दुबैको सम्बन्धमा सुधार संगैउत्पादन मुखि बताए । यसले श्रमिक र रोजगानर दाता दुबैलाई सुरक्षित गर्नुका साथै श्रमको गुणस्तरीता बढ्ने दावी गरे ।
त्यस्तै प्रधानमनत्रीको प्रमुख सल्लाहकार तथा जिफन्टको पूर्व अध्यक्ष विष्णु रिमालले ट्रेडयुनियनमा आवद्ध सबै संघ÷महासंघको अथक प्रयासबाट आज सामाजिक सुरक्षा कोष सुभारम्भ भएको बताए । यसले श्रमिकको हक अधिकारको सुनिश्चितता गरेको दावी गर्दै उनले यसले रोजगार दाताको पनि उत्पादनलाई सहयोग पुग्ने बताउनु भयो ।
सो कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणा, उद्योग परिसंघको अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर आफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल, रोजगार दाता परिषद्का अध्यक्ष चन्द्र प्रसाद ढकाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधान, विभिन्न ट्रेडयुनियन महासंघका अध्यक्षहरुले सामाजिक सुरक्षा कोषको सुभारम्भ भएकामा शुभकामना मन्तव्य व्यक्त गर्दै यसलाई कार्यान्वयनसंगै उचित व्यवस्थापनमा ध्यान दिनुपर्न साझा धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्