निर्मलाको न्यायका लागि डा. गोविन्द केसीको साथ, महेन्द्रनगर पुगेर परिवारसँगै बसे धर्ना

काठमाडौं, ११ मंसिर । अभियन्ता डाक्टर गोविन्द केसी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारको धर्नामा सहभागी भएका छन् । मंगलबार दिउँसो निर्मलाका परिवार  धर्ना बसिरहेको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि गएर डाक्टर केसी पनि धर्ना बसेका हुन् ।
उनी करिब आधा घन्टा धर्ना बसेका थिए । सुदूरपश्चिमको बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि केसी मंगलबार धनगढी हुँदै महेन्द्रनगर पुगेका थिए । उनी भोलि शिविरका लागि बझाङ जाने छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटक अनसन बसेका केसीले माग पूरा गर्न सरकारलाई मंसिर मसान्तसम्मको अल्टिमेट दिएका छन् । माग पूरा नभए पुस २ गतेदेखि १६औं अनसन बस्ने उनको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्