ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु, थ्रेसर पल्टिँदा एक मजदुरको ज्यान गयो

काठमाडौं, मंसिर, ११। तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मकवानपुरको हेटौंडामा आज एक जनाको मृत्यु भएको छ ।
मुगु घर भएका ३० बर्षिय सुरेन्द्र परियारलाई बाटोमा हिंडिरहेका बेला अमलेखगन्जबाट हेटौंडा आइरहेको ना।२ ख। ४८४६ नम्बरको ट्यांकरले ठक्कर दिएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यता, सर्लाहीको ईश्वरपुर नगरपालिका–४, साइबाबा चोकमा धान झार्ने थ्रेसर पल्टिँदा एक मजदुरको ज्यान गएको छ ।
मृत्यु हुनेमा ४७ वर्षीय बालकिशोर सिंहको छन् । साइबाबा चोकबाट धान झारेर सागरनाथतर्फ फर्किदै गरेको ना ५ त ४९७५ नं। को ट्याक्टरमा जडित थ्रेसर पल्टिँदा यनको मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका चालकको खोजी भईहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्