कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना, २५ जना घाइते

काठमाडौं, मंसिर ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्