फास्टट्रयाक निर्माण विवादः संसदद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ, मंसिर ११। स्थानीयको विरोधबीच काठमाडौँ –निजगढ द्रुतमार्ग( फास्टट्रयाक) निर्माण भइरहेको भन्दै सांसदले तत्काल रोक्न माग गरेका छन् ।
उनीहरु यसबारे प्रधानमन्त्री र रक्षामन्त्रीसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था समिति बैठकमा सांसदले फास्टट्रयाकको ‘जिरो प्वाइन्ट’ खोकना र बुङमतीबासीका माग बेवास्ता गर्दै सेनाले निर्माण जारी राखेको भन्दै आपत्ति समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्