प्रधानमन्त्री केपी शर्मा ओलीले भन्छन्- विकासको गति तीव्र बनाइन्छ !हामी जनतालाई विश्वास हुनेगरी देखाउछौं ।’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
‘विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने सरकारलाई जानकारी छ’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुनेगरी देखाउछौं ।’
प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको पनि बताए ।
‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने,‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्