काठमाडौं , मंसिर १० । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका बाबु–आमाको अवस्था बिग्रँदै जानुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएका छन् ।
सोमबार नेपाल महिला संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारीपन, असंवेदनशीलता र अमानवीयताका कारण निर्मलाका बाबु–आमाले आत्मसम्मान र विश्वास गुमाएको टिप्पणी गरे ।
उनले सरकार र नेकपाका नेताहरुले नै बलात्कारीलाई संरक्षण दिएको आरोपसमेत लगाए ।
पीडित परिवारलाई छिट्टोभन्दा छिट्टो न्याय दिन उनले आग्रह गरे । सरकार यस्ता घटनामा गम्भीर नभएकाले घटना बढ्दै गएको उनको भनाइ थियो ।
नेता थापाले निर्मला पन्तको घटना एउटा प्रतिनिधिमूलक भएको भन्दै १६ दिने महिला हिंसाविरुद्धको अभियानमा यस विषयलाई मुख्यरुपमा उठाउन महिला संघलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस्