काठमाडौं, १० मंसिर । इराकमा व्यापक बर्षापछि आएको बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका इराकी अधिकारीले जनाएका छन् ।
मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।
बर्षापछि आएको बाढीका कारण दर्जनौँ बस्तीहरू डुवानमा परेका र शनिबार र आइतबार गरी जम्मा २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल–बाडरले जानकारी दिए ।
देशको कैयौं भागमा खेतीजन्य जमिनमा डुबान हुँदा ठूलो मूल्य बराबरको बालीनाली, फलफूल तथा तरकारीसमेत नष्ट भएको उनले बताए ।
बाढीको कारण भएको क्षतिको विवरण प्राप्त भइरहेकोे बताउँदै बाढीका कारण मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्ने उनले बताए ।
बर्षापछि आएको बाढीमा मृत्यु हुने अधिकांश डुबानका कारण घरहरूमा फसेका नागरिकलाई समयमै उद्धार गर्न नसक्दा मृत्यु भएको बाढीपीडितका आफन्तजनले बताएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्