अमेरिकाद्धारा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणको निन्दा
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको छ । शुक्रबारै प्रकाशित एक विज्ञप्तिमा सो मन्त्रालय उक्त जानकारी दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा यस आक्रमणहरुका मारिएका व्यक्तिहरुको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको र घाइते भएका व्यक्तिका सिघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तरकारी राखेको कार्टुनमा लुकाइएको बम विस्फोटन हुँदा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौको सङ्ख्यामा घाइते भएका थिए ।
पाकिस्तानको ओराक्जाई र कराँचीमा शुक्रबार भएको आतङ्ककारी आक्रमणहरुको अमेरिकी विदेश मन्त्रालयले कडा शब्दमा निन्दा गरेको प्रवक्ता हैदर नरेजले बताउनु भएको छ ।
पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको थियो । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमलाको चीनले कडा शब्दमा निन्दा गरेको छ । एजेन्सी















प्रतिक्रिया दिनुहोस्