विप्लवलाई मुलधारमा ल्याउन नसकेको भन्दै पूर्वराष्ट्रपतिले गरे सरकारको कडा आलोचना

काठमाडौं, मंसिर ८ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले विद्रोही नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना गरेका छन् ।
पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउन कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । शुक्रबार ‘विपीको विद्रोह’ नाममा पुस्तकको काठमाडौंमा विमोचन गर्दै उनले विपीले देखाएको मेलमिलापको बाटोबाट अघि बढनुको साटो राजनीतिक दलहरु पदीय भागबण्डामा मात्रै केन्द्रित भएको गुनासो पनि गरे ।
नेपालका हरेक ब्यबस्था परिर्वतनमा हडबडमा निर्णय लिदा उपलब्धी संस्थागत हुन नसकेको बताए । संविधान निर्माणको अन्तिम समयमा हडबड गर्दा सबै समेटिन नसकेको तर्क गरे । कार्यक्रममा पूर्व राष्ट्रपति यादवलसरकारले असन्तुष्ट पक्षलाई समेट्न नसक्दा बिद्रोहको स्वर बढदै गएको भन्दैे रोष ब्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले सबैले मिलेर मुलुकमा शान्ति स्थापना गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उनले राज्यका संवैधानिक निकायमा पदीय बाँडफाँड भईरहेको भन्दै आपत्ति पनि जनाए ।
प्रतिक्रिया दिनुहोस्