काठमाडौं , मंसिर ८। वाइडबडी जहाज खरिद प्रक्रिया छानबिनमा संघीय संसद्का समितिबीच हानथाप सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका पदाधिकारीलाई बोलाएर जानकारी लियो ।
समितिले तीन सदस्यीय उपसमिति गठन गरेर खरिदका सम्पूर्ण कागजपत्र पेस गर्नसमेत निर्देशन दिएको छ । पर्यटनमन्त्री अधिकारीले २४ घण्टाभित्र कागजपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
यही विषयमा सार्वजनिक लेखा समितिले असोज ११ देखि छलफल चलाइरहेको छ । समितिले आइतबार बस्ने बैठकमा छलफल गर्न पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतलाई बोलाएको छ ।
महालेखा परीक्षक कार्यालयको ५५औं प्रतिवेदनले विमान खरिदमा अनियमितता औंल्याएपछि छानबिन थालिएको लेखा समिति सचिव रोजनाथ पाण्डेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्