८८ किलो सुन तस्कर प्रकरणः सुन भरियालाई तीन बर्ष जेल, ४३ करोड जरिवाना

काठमाडौं , मंसिर ८।  तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो ।
पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ र पान वइमिङलाई भने जनी ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित पाँच बर्ष कैद फैसला गरेको छ ।
तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सुचना आएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्