काठमाडौं , ७ मंसिर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने बताएका छन्।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि सार्नुपर्ने कुनै कारण नभएको बताए।
ए
बिष्टले अब पनि तोकिएको मितिमा प्रतियोगिता हुन नसके प्रतियोगिता एक वर्षपछि धकेलिन सक्ने उहाँले बताउनुभयो । प्रतियोगिता आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म नेपालगञ्जमा हुने गरी मिति तोकिएको छ ।
प्रतियोगिता सञ्चालन हुने भौतिक संरचनाको अहिलेसम्म झण्डै ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदैं बिष्टले बाँकी काम पनि छिट्टै सम्पन्न हुने बताए । आठौं प्रतियोगिता अन्तर्गत ४२ करोड रुपैयाँ खर्च हुने बिष्टले जानकारी दिए । बिष्टले १८ करोड प्राप्त भइसकेको र २४ करोड प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।
पूर्वाधार निर्माणका लागि अझै ७२ करोड रुपैयाँ आवश्यक परेको उनको भनाई थियो । भौतिक संरचना निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ अनुमान गरिएकोमा अहिलेसम्म झण्डै २३ करोड रुपैयाँ निकासा भएको र १४ करोड रुपैयाँ विनियोजन भएको उनले बताए ।
३५ वटा खेलमध्ये पौडी गर्मी समयमा नेपालगञ्जमा हुने छ । यसवर्ष थप गरिएको प्याराग्लाइडिङ पोखरामा सम्पन्न गर्ने तयारी छ । प्रतियोगिता अन्तर्गतका खेलहरु बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्या भण्डारी र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्