मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिकः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयलाई टिकाटिप्पणी, लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र

काठमाडौं, ६ मंसिर । गतसाता बसेको मन्त्रिपरिषद्को दुई वटा बैठकले विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । गत मंसिर ३ र ६ गते बसेको मन्त्रिपरिषद्कोका निर्णयहरु सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत बिहिबार जानकारी सार्जजनिक गरिएको हो ।
निर्र्णहरु सार्जनीक गर्दै सरकारले राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे निर्णयका बारेमा बचाउ गरेको छ । कतिपयले जनअन्जानमा टिप्पणी गरेको तर, त्यसमा लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको तर्क गरेकोछ ।
मन्त्री वास्कोटाले सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाईएको बताए । १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको उनले प्रष्ट्याए । राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको भन्दै प्रवक्ता बास्कोटाले भने, ‘यो सरकारको आफ्नो कर्तव्यको विषय हो ।’
सञ्चारमन्त्री बास्कोटाले विद्युतीय प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एशियाली विकास बैंकले प्रदान गर्ने २० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने, अर्बान वाटर सप्लाई तथा स्यालिटेसन प्रोजेक्टका लागि १३० मिलियन डलर बराबर ऋण स्वीकार गर्ने, प्रत्येक स्थानीय तहमा स्थानीय तह मातहत रही काम गर्नेगरी एक हजार रोजगार सेवा केन्द्र स्थापना गर्ने, नेपाल दुर सञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका दोस्रो संसोधन स्वीकृत गर्ने, राष्ट्रिय उर्जा दक्षता रणनीति २०७५ स्वीकृत, सर्वोच्च अलालत र माताहतका निकायहरूको संगठन संरचना र दरबन्दी सम्बन्धी संघीय मामिला तथा सामान्य मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत, राष्ट्र सेवक कर्मचारीको साविक जीवन बस्मा सञ्चालन कार्यविधि,२०७५ स्वीकृत, गरिबी निवारण कोषको उपाध्यक्षमा निर्मलकुमार भट्टराईलाई मनोनयन, नेपालमा बिद्युतीय व्यापारको बिकास र उपयोगका लागि राष्ट्रिय रणनीति तर्जुमा गर्न उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने, सिन्धुपाल्चोक जिल्लाको मांखा र राम्चेबीचको जुरेमा २०७१ श्रावण १७ गते गएको पहिरोबाट पीडित परिवारकालागि नेपाल बैंक लिमिटेड चौतारा शाखामा संकलित राहत रकम वितरणका लागि फुकुवा गर्ने, समपुरक अनुदान सम्वन्धि कार्यविधि २०७५ र बिशेष अनुदान सम्वन्धिकार्यबिधि २०७५ स्वीकृत गर्ने लगायतका निर्णयहरु गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्