प्रदेश ५ को विशेष समितिले तीन महिनापछि पूर्णता पायो

काठमाडौं , ६ मंसिर ।  प्रदेश ५ को स्थायी राजधानी सिफारिस गर्न गठित संसदको विशेष समितिले तीन महिनापछि पूर्णता पाएको छ ।
साउन २४ गते ३ महिनाको समयावधि तोकिएको उक्त समितिको म्याद सकिएको १० दिन पछि बैठक बसेर रोल्पाका सांसद दिपेन्द्र पुनलाई संयोजक तोक्दै पूर्णता दिइएको हो ।
तीन महिनासम्म समितिमा पुन र रुपन्देहीका सांसद तुल्सी चौधरीमध्ये कसलाई संयोजक बनाउने भन्ने बिषयमा मत विभाजन भएपछि समितिले पूर्णता पाउन सकेको थिएन ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले समिति वैध भएको बताए । ‘उतिबेला समितिका सदस्य मात्रै तोकेको हो । जसको म्याद यति नै भन्ने हुँदैन । पाँच बर्षसम्म पनि हुनसक्छ ।
पछिल्लो बैठकले संयोजक तोकेर पुर्णता दिईएको छ अब यो समितिले तीन महिना भित्र सिफारिस गर्छ’मन्त्री केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्