काठमाडौं, ६ मंसिर । टी-१० लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिमले पहिलो खेलमा जित हासिल गरेको छ । केरला किंग्सको जितमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। पखतुन्सले दिएको ११० रनको लक्ष्यलाई केरलाले २ विकेट गुमाउदै ७.५ ओभरमा पुरा गरेको थियो। केरलाका लागि कप्तान इयोन मोर्गनले ४६ तथा पाउल स्ट्रीङले ४० रन बनाएका थिए बहने क्रिश गेलले १३ तथा किरोन पोलार्डले ११ रन बनाएका थिए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पख्तून्सले १० ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएको थियो। पख्तून्सको पारीमा आन्द्रे फ्लेचरले सर्वा्धिक ३२ रन बनाएका थिए भने क्यामरन डेलपोर्टले २८ तथाडासनले २५ रन बनाएका थिए।
केरला किंग्सका बलर सन्दीपले सनसनीपूर्ण बलिङ गर्दै ३ विकेट लिएका थिए। सन्दीपले २ ओभरमा १७ रन दिएर पख्तून्सका महत्वपूर्ण ३ विकेट लिएका थिए। केरलाले अन्य २ विकेट रनआउटको रुपमा लिएको थियो। सन्दीपले पख्तून्सका फ्लेचर, कोलिन इन्ग्राम र मोहमद कालिमलाई आउट गरेका थिए।
आफ्नो २ ओभरको स्पेलमा सन्दीपले ४ बल डट फाल्दै १७ रन दिएर ३ विकेट लिएका थिए। सन्दीप खेलको म्यान अफ द म्याच पनि बनेका थिए। सन्दीप खेल्ने टिम केरला किंग्सले आजै सिन्धिजविरुद्ध दोस्रो खेल खेल्ने छ।
प्रतिक्रिया दिनुहोस्