सर्वोच्चका न्यायाधीश राउतकी श्रीमती २२ दिनपछि साधारण तारेखमा रिहा
कठमाडौ , ५ मङ्सिर । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिताकुमारी, उनका दुई दाजु र एक भाउजु साधारण तारेखमा रिहा गरेको छ। म्याद थप गर्ने प्रयोजनका लागि अदालत उपस्थित गराउँदा जिल्ला अदालतले उनीहरुलाई अनुसन्धानमा उपस्थित हुनु भनि थुनामुक्त गरेको हो।
हिरासतमा राखिएको २२ दिनपछि उनीहरु जिल्ला अदालत उदयपुरको आदेशमा रिहा भएका हुन्। दाइभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहविरुद्ध पटक–पटक थुनामा राखी अनुसन्धानको म्याथ थप हुँदै आएको थियो। बुधबार जिल्ला अदालतले भावी अनुसन्धानमा उपस्थित हुने र सहयोग गर्ने सर्तमा साधारण तारेखमा रिहा गर्ने आदेश गरेपछि उनीहरु छुटेका हुन्।
जिल्ला न्यायाधीश तिर्थ केसीको इजलासले उनीहरुलाई रिहा गरेको हो। जेठा दाजु–भाउजुको बच्चालाई आफ्नो बनाएर वडा कार्यालयमा जन्मदर्ता गराएपछी न्यायाधीश राउतका बुवाले प्रहरीमा उजुरी दिएका थिए। उनको उजुरीपछि प्रहरीले ललिता, उनका दुई दाजु र कान्छी भाउजुलाई पक्राउ गरेको थियो। २०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन्। श्रीमानको सहमतिमै जेठा दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर जन्मदर्ता गराएको श्रीमति राउतको दाबी थियो।
तर, न्यायाधीश राउतले भने अर्कैको बच्चालाई जालझेल गरेर श्रीमतीले आफ्नो बनाएकोले उजुरी गर्नुपरेको बताउँदै आएका छन्। यो घटनामा हालसम्म अदालतमा मुद्दा दर्ता भने भएको छैन। थप अनुसन्धान गरेर मुद्दा अदालत लैजाने कि नलैजाने निर्णय भने प्रहरीको हातमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्