काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु Jagaran News Published On : 21 November, 2018 1:53 am काठमाडौं, ५ मंसिर। अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्