छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग काँग्रेसको माग

काठमाडौं, मंसिर ४ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अव संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । पीडितलाई परिपूरण गर्ने, पीडिकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ ।
काँग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्