गण्डकी विकास बैंकले दिने भयो १४.२० प्रतिशत नगद लाभांश

जागरण न्युज
काठमाडौं, ०४, मंसिर । गण्डकी विकास बैंकले आफ्ना शेयरधनीलाई १४.२० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ३९ करोड ५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले गत वर्ष १९.३१ प्रशित बोनस सेयर दिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले १० करोड २७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्