एनएमबि बैंकले पठायो १५ प्रतिशत बोनस खातामा, कहिले सम्म सेयर डिम्याट गराएकाले पाउने ?

जागरण न्युज
काठमाडौं, ४ मंसिर । एनएमबि बैंकले सोमबारदेखि अर्थात (मंसिर ३ गते) देखि १५ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा गर्न शुरु गरेको छ । बैंकले गत साउन १६ गतेसम्म आफ्नो डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा बोनस जम्मा गरिदिन थालेको हो ।


अझै पनि भौतिक रुपमा सेयर धारणा गरेका सेयरधनीले भने सेयर अभौतिकरण (डिम्याट) गराए पछि मात्र बोनस खातामा जम्मा गरिदिने जनाएको छ ।
सेयर अभौतिकरण (डिम्याट) खाता खोल्नका लागि एनएमबि क्यापिटल नागपोखरी काठमाडौं र एनएमबि बैंकको जुनसुकै शाखा कार्यालय तथा अन्य निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ । त्यसपछि मात्र बोनस सेयर खातामा जम्मा गरिने जनाएको छ ।
एनएमबि बैंकको गत साउन ३१ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको थियो । सोही बोनस अहिले खातामा पठाउन थालिएको हो । हाल एनएमबि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बंैकले ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्