काठमाडौं, मंसिर ४ । उपत्यकामा फ्लोरेसेन्ट ज्याकेट लगाउन अटेर गर्ने माइक्रो बसका चालक तथा परिचालकलाई आगामी आइतबारदेखि कारवाही गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंसिर १ गतेबाट यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकामा सञ्चालित माइक्रोबसका चालक र परिचालकलाई ज्याकेट लगाउने अभियान सुरु गरेको छ ।
ज्याकेट नलगाउने चालक तथा परिचालकलाई शनिबारसम्म सम्झाई बुझाई गरिने र आइतबारदेखि अटेर गरेको पाइएमा कारवाही गरिने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले बताए ।
माइक्रोभित्र सवारी रुट र नम्बर प्लेट यात्रुले सजिलै देख्ने गरि अनिवार्य राख्नु पर्नेछ । यदि नराखेको पाइएमा आइतबारदेखि नै कारवाही गरिने पनि उनले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्