काठमाडौं , ३ मंसिर । सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । आगामी ३ वर्ष्भित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गर्न लागेको हो ।
पाँचथरको एकजना ज्येष्ठ नागरिक र सिंहदरबारका एकजना कर्मचारीलाई परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गर्न लागिएको जनाएको छ ।
पहिलो चरणमा पाँचथरका एकलाख १० हजार नागरिक र सिंहदरबारभित्रका सातहजार कर्मचारीलाई परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले जानकारी दिए ।
परिचयपत्रका लागि पाँचथरमा ५२ हजार जनाको विवरण सङ्कलन भइसकेको छ । तीन वर्ष्भित्र देशभरिका १६ वर्ष भन्दा माथिको उमेरका नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्