चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

काठमाडौं, ३ मंसिर ।  सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो ।
तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनि विक्रि गरेका थिए ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो ।, आजको कारोबारदैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्