आजको मौसम : कहाँ कस्तो, कता पानी पर्छ ?

काठमाडौं, २ मंसिर ।  मुलुकभर जाडो बढ्दै गइरहेको बेला आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका हुन् ।
बाँकी स्थानमा दिनभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।
काठमाडौँ उपत्यकामा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँमा न्यूनतम तापक्रम ६ दशमलब २ र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको थियो ।
अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीच लामो दूरी धेरै समयसम्म कायम रहेमा जाडो बढी महसुस हुने मोसमविदको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्