प्रदेश ५: सरकारलाई केन्द्रबाट आएको थप रकम खर्च गर्न अख्तियारी

काठमाडौं, १ मंसिर । प्रदेश नम्बर ५ ले केन्द्र सरकारबाट वित्त हस्तान्तरणमार्फत थप आएको रकमलाई खर्च गर्न अख्तियारी दिने निर्णय गरेको छ ।
हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वित्त हस्तान्तरण मार्फत थप भई आएको १ अर्ब ५५ करोड ५२ लाख ६४ हजार रुपैयाँ प्रदेश सभामा अनुमोदनका लागि पेश गर्ने गरी हाललाई सम्वधित मन्त्रालयलाई खर्च गर्ने अख्तियारी दिएको हो ।
प्रदेश संसद् नचलेकाले मन्त्रालयहरुले कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले अख्तियारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
वित्तहस्तान्तरण मार्पmत आएको सवैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ९३ करोड ९२ लाख ५० हजार रहेको छ ।
यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ५० करोड ८० लाख २० हजार,  भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई १० करोड ७९ लाख ९४ हजार रहेको छ ।
यस्तै बैठकले प्रदेशको आकस्मिक कोष सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।
प्रदेश विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृतिसमेत बैठकले दिएको छ ।
यस्तै प्रदेश पशुस्वास्थ्य तथा पशुसेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव स्वीकृत गरको छ ।
प्रतिक्रिया दिनुहोस्