अफगानी सेनाको सुरक्षा कारबाहीमा २० लडाकु मारिए

काठमाडौं, १ मंसिर । अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २० जना लडाकु मारिएका छन् ।
नानगार्हार प्रान्तमा भएको सुरक्षा कारबाहीमा इस्लामिक स्टेट आईएसका कम्तीमा २० लडाकु मारिएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको अफ्गानी संञ्चारमाध्यमहरुले लेखेका छन् ।
सरकारी अधिकारीहरुले मारिएका मध्ये केही स्थानीय कमाण्डर समेत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अफ्गानी सुरक्षाकर्मीहरुले अन्य ठाउँहरुमा पनि सुरक्षा कारबाही अभियान संञ्चालन गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्