वैदेशिक रोजगार विभाग कार्यालय आज पनि खुल्ने

काठमाडौं,१ मंसिर  । वैदेशिक रोजगार विभागले आज पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।
आज बिहान १० देखि दिउँसो ३ बजेसम्म काठमाण्डूको ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।
कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्