५ नेपाली एक महिनादेखि कतारको थुनामा, अवस्था अज्ञात

काठमाडौं, कात्तिक ३० । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन ।

घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।  पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् ।

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्