‘सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्छ’: कृष्णहरि बाँस्कोटा
काठमाडौं, कात्तिक २९ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले लोकतान्त्रिक सरकारले जनउत्तरदायी भएर सूचनाहरु सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
मन्त्रिपरिषदले गरेका निर्णयहरु तत्काल सार्वजनिक नगरी अनौपचारिकरुपमा सम्प्रेषण हुने अवस्था आउनु लोकतान्त्रिक व्यवस्थामा नसुहाउने उनको भनाइ छ ।
बुधबार हामीसित कुराकानी गर्दै उनले संविधानको धारा २७ ले सूचना पाउने हकको ग्यारेन्टी गरेकाले त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्