फेरि डा. केसी १६ औं अनशनको तयारीमा

काठमाडौं, कात्तिक २८ । सरकारले आफूसँग १५ औं अनशनका क्रममा भएको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् ।
सरकार सहमति कार्यान्वयनमा उदासीन भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन् । सरकारले आफूसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आएका डा. केसीले सरकारको पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै फेरि अनशन बस्ने ‘मुड’ मा रहेको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिए ।
सिंहका अनुसार तिहार सकिएलगत्तै डा. केसीले आफू निकटस्थ र सहयोगीलाई बोलाएर अनशन बस्ने तयारीमा रहेको जनाएका थिए । आफूहरुले पहिला संसद बैठक छिटो राख्न दबाब दिने र सम्बन्धित निकायका पदाधिकारीलाई भेटेर सहमति कार्यान्वयनका लागि आग्रह गर्ने कुरा सुझाए पनि सरकारको विश्वास नभएको भन्दै डा. केसी अनशन बस्ने ‘मुड’ मा रहेको डा. सिंहले बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्