क्यालिफोर्नियाको डढेलो : मृत्यु हुनेको संख्या ४४ पुग्यो

काठमाडौं, २७ कात्तिक। अमेरिकाको क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोका कारण गुमाउनेको संख्या ४४ पुगेको छ। क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा क्याम्प फायरबाट फैलिएको आगलागीका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेसँगै कुल मृतकको संख्या ४४ पुगेको हो ।
अहिलेको आगलागी क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा घातक बनेको छ । यसअघि सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको थियो ।
क्यालिफोर्नियाका तीन ठाउँबाट फैलिएको डढेलोका कारण जनजीवन प्रभावित भएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा वुल्फी फायरका कारण नोक्सानी भइरहेको छ । मालिबुमा धेरै क्षति भएको छ ।
अहिलेसम्म दुई लाख ५० हजार भन्दा बढी मानिसहरु बिस्थापित भएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो फैलिरहेको छ र निभाउने प्रयास सफल हुन सकेको छैन । यस्तै हिल फायरका कारण पनि जनजीवन प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्