यस्तो फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन !

काठमाडौं, २६ कात्तिक ।  कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत ।चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।
कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ ।गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् ।
त्यतिमात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मर्न सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए ।
दैनिक करिब ८ घण्टा लोकगीत बजाउने गरेको उनलेब बताए । संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्