काठमाडौं, २५ कार्तिक । प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्नका लागि प्रदेश संसदले गठन गरेको विशेष समितिले संयोजक नै तोक्न नसकी कार्यकाल सकिएको छ । प्रदेश संसदले साउन २४ मा गठन गरेको समिति यस बीचमा दुई पटक मात्रै बसेर सकिएको छ ।
१५ सदस्यीय समितिमा सत्तारुढ दलको तर्फबाट संयोजक दाबी रहेको थियो । समितिमा कांग्रेसका तर्फबाट चार सदस्य रहेका थिए ।
तीन महिनाको समायावधि बिना उपलब्धी सकिएको कांग्रेसका तर्फबाट सदस्य बनेका वीर बहादुर रानाले बताए । पार्टी एकिकरणको प्रक्रियामा लागेको सत्तारुढ दलकै वेवास्ताले समिति प्रभावहिन भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्