काठमाडौं, कात्तिक २४ । आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेष्ट इण्डिज विजयी भएको छ ।
समूह ए मा रहेको घरेलु टिम वेष्ट इण्डिजले बंगलादेशलाई ६० रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । इण्डिजका लागि किसिया ए नाइटले ३२ रनको सर्वाधिक योगदान दिइन् । यस्तै स्टेफेनी टेलरले २९ रन जोडिन ।
बलिङतर्फ बंगलादेशकी जहानारा आलमले तीन विकेट लिइन भने रुमाना अहमेदले दुई तथा सल्मा खातुन र खादिजा तुल कुब्राले १–१ विकेट लिए । १०७ रनको लक्ष्य पछएको बंगलादेश १४।४ ओभरमा ४६ रनमा अलआउट भयो । बंगलादेशका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ डिड्रा डोटिनले पाँच विकेट लिइन भने सकिरा सिलम्यानले २ विकेट हात पारिन् ।
प्रतिक्रिया दिनुहोस्