भाइटीकाको अवसरमा राष्ट्रपतिबाट शुभकामना, अरु क – कसले दिए ?
काठमाडौं, कात्तिक २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममता अझै प्रगाढ होस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिँदै यो पर्वले आपसी एकता र भातृत्व बिकास गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाइटीकाको उपलक्ष्यमा शुभकामना दिँदै सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउँदै सम्पूर्ण नेपाली जनताको मुहारमा खुशी ल्याउन यस पर्वले मद्दत गर्ने उल्लेख गरेका छन् । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं अन्य विभिन्न दलका नेताहरुले समेत भाइटीकाको अवसरमा शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्