काठमाडौं, कात्तिक २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उनले बताए ।
प्रशासनको आग्रहविपरीत देउसी–भैलो खेलिएको पाइएमा कारबाही गरिने प्रजिअ आचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्