११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको ज्यान गयो
काठमाडौं, २० कात्तिक । पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ ।
यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष २०६४÷६५ देखि १०७४÷७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन्। ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएको छ।
११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ ।
औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।















प्रतिक्रिया दिनुहोस्